Sunday , October 22 2017

अभिनेत्री केकीले पशुपतिमा फूलको ब्यापार गर्ने

अभिनेत्री केकी अधिकारीले पशुपति क्षेत्र भित्र फुलको ब्यापार गर्ने भएकी छन् । आइतबार एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्र ‘हुर्रे’मा उनी फुल ब्यापारी युवतीको भुमिकामा देखिन लागेकी हुन् ।यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको अभिनय रहने छ ।

पशुपतिको परिसर भित्रको कथामा निर्माण हुने यो चलचित्रमा चलचित्र सोनम लामा, छिरिङ दोर्जे लामाको लगानी रहनेछ । दावा शेर्पा प्रस्तुतकर्ता रहेको चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर रहने छ ।अभिनेत्री केकी अधिकारीले कथावस्तु राम्रो भएकोले आफु फुल ब्यापारी युवती बन्न लागेको बताइन् । चलचित्र पशुपतिमा फुल बेच्ने एक युवतीको कथामा निर्माण हुने निर्देशक थापाले बताए ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …