Tuesday , January 23 2018

बहु प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज, अनमोलको फरक लुक्समा एक्सन अवतार (ट्रेलर सहित)

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।

धेरै सिनेप्रेमिहरुको प्रतीक्षाको फिल्म बनेको कृ मा अनमोल केसि संग अदिती बुढाथोकीले अनस्क्रीन रोमान्स गरेकी छिन् । अनमोल पिता भुवन केसि र सुबास गिरिको संयुक्त लगानी रहेको चलचित्र ‘कृ’को कमल गिरि कार्यकारी निर्माता हुन् भने श्री पराजुली सहायक निर्माता हुन् । फिल्मको गीतमा अल्मोडा राना उप्रेतीको आवाज र विशेष पान्डे र अल्मोडाकै संगीत समाबेश छ । चन्द्र पन्तको द्वन्द्व रहेको ‘कृ’को ट्रेलर यस्तो बनेको छ ।

एन्जिला, बिक्रम र रेनेशा बान्तावा राईले फिल्मका गीतलाई कोरियोग्राफ गरेका छन् । त्यस्तै सुरेन्द्र पौडेलको कथा लेखन, सम्पादन तथा निर्देशन रहेको फिल्मलाई पुरुश्वोत्तम प्रधानले खिचेका छन् । आउदो माघ २६ गते सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा अनमोल र अदितिको अलावा अनुप बिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरि, रुपा राना, सुदम, अमित गिरि, टीका भक्त जिरेल, अर्जेश रेग्मी लगायतको अभिनय रहेको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …