Sunday , January 21 2018

चितवनमा यसरी खिचिँदै छ सुशील र रुविनाको ‘लभ डायरिज’

दुई हप्ता पहिला निर्माण घोषणा गरिएको फिल्म ‘लभ डायरिज’को यतिबेला धमाधम सुटिङ भइरहेको छ। चितवनको सौराहामा छायांकन भइरहेको यस फिल्मको ६० देखि ७० प्रतिसत छायांकन सौराहामा नै हुने बताइएको छ।सौरभ चौधरीको ‘एक्सन कट’मा सञ्जय लामाले फिल्म खिचिरहेका छन् भने नायक सुशील श्रेष्ठ र नायिका रुविना थापा अभिनय गर्नमा व्यस्त छन्।

युवा-युवतीबीचको माया-प्रेम र कमेडीलार्इ देखाउन खोजिएको फिल्ममा मनोरञ्जनसँगै केही सन्देश पनि भएको निर्देशक सौरभ बताउँछन्।फिल्ममा सुशील र रुविनाका अलावा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतको अभिनय रहेको छ। विनोद सापकोटाको लगानीमा निर्माण हुन लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। मधु बाँस्तोलाको पटकथा रहेको यस फिल्ममा शाहिल खान सहायक निर्देशक रहेका छन्।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …