Tuesday , August 22 2017

माला र सीपीलाई सम्मान, माइतीघर आइपुग्दा रोइन् सिन्हा

सोमबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘एलजी सिने सर्कल अवार्ड’मा फिल्म ‘माइतीघर’का जोडी सीपी लोहनी र माला सिन्हालाई सम्मान गरियो । यो फिल्ममा काम गरेपछि यो जोडीले अरु नेपाली फिल्ममा काम गरेनन् ।बलिउड फिल्म नगरिकी कुनै समयकी चर्चित अभिनेत्री मालाले नेपाली अभिनेता सीपीलाई ‘माइतीघर’मा काम गर्दा गर्दै मन पराइन् र बिहे गरिन् । बिहे गरेपछि यो जोडी भारतमा नै रहँदै आएको छ ।

उनै, माला सोमबार बुलेकी सीपीसँग बग्गीमा चढेर माइतीघर आइन् । काठमाण्डौमा आयोजना भएको ‘सीने सर्कल अवार्ड’मा सहभागी हुन नेपाल आएको यो जोडीलाई बग्गीमा कार्यक्रम स्थलसम्म ल्याइएको थियो । मालाले आफूलाई फिल्म नै अफर नआएकाले नगरेको बताइन् ।उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान प्रदान गरेका थिए । माला र सीपीले सम्मान प्राप्त गरेपछि भावूक हुँदै यो सम्मान आफूहरुका लागि नेपालको माया भएको बताए ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …