Sunday , January 21 2018

टिभिएस जुपिटर मिस टिन कलेजको अडिसन सुरु

‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यालय कमलादीमा सम्पन भएको छ । अडिसनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने दोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने संस्थाका इभेन्ट म्यानेजर रेजिना तुलाधरले जानकारी दिइन् ।
आजको अडिसनको निर्णायकमा चलचित्र डाइरेक्टर जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस टिन कलेज २०१५ का विजेता कुसुम थापा रहेका थिए । काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका कलेजमा अध्ययरत १६ देखि २० वर्ष सम्मको युवतीहरुले यो प्रतियोगीतामा सहभागी हुन हुनेछन् भने दोस्रो अडिसनवाट पनि १५ जना छनौट गरि ३० जना सहभागीहरुलाई भदौ को १८ गते देखि तालिम सन्चालन गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगीता दशै तिहारको बीचमा सम्पन गरिने छ ।


कलेजस्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको बताइएको छ ।
प्रतियोगिताका विजेताले “मिस टिनकलेज २०१७” कोे ताज उपाधि सहित रु एकलाख ८५ हजार पर्ने टिभिएस स्कुटर र उच्च शिक्षामो छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …