Tuesday , November 21 2017

मोडलिङमा आफ्नो भबिष्य खोज्दै – नब मोडल वाङकु तामाङ

समाजमा केहि गर्नु छ भने परिबर्तन आफै बाट सुरु गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी नब मोडल हुन वाङकु तामाङ l हुन त उनि अहिले आफ्नो लक्ष्यमा पुग्न मोडलिङ क्षेत्रमा निरन्तरता दिदै छिन तर आफुलाई मन पर्ने पेशा भनेको मोडलिङ क्षेत्र अर्थात सिने नगरी भएकोले यहि क्षेत्रमा भबिष्य बनाउने सोचका साथ उनि अहिले मोडलिङ पेशालाई अंगाल्दै अगाडी बढेकी छिन l भर्खर मात्र २१ औ बसन्तमा प्रवेश गरेकी मोडल वाङकु तामाङ झापामा जन्मस्थान भएकी दार्जीलिङकि स्थाई बासिन्दा हुन् l

नेपालको मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल वाङकु तामाङ अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात मेहनत गरिरहेकी छिन र त्यसै अनुरुप यो क्षेत्रमा परिबर्तन गर्ने सोचका साथ लागि परेकी छिन l नृत्य र अभिनयमा पोख्त वाङकु तामाङ सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो l उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै नेपालि मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l दर्जनौ स्टेज कार्यक्रममा आफ्नो कलाकारिता प्रस्तुत गरि सकेकी सुष्मिता अहिले नया नया म्युजिक भिडियोमा समेत अनुबन्धित हुने क्रममा छिन र वाङकु तामाङ अन्य कुनै म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन l सानै उमेर देखि नृत्यमा रुचि राख्ने वाङकु तामाङ अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l वाङकु तामाङले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …