Tuesday , October 24 2017

वर्षको बहुप्रतिक्षित फिल्म बन्दै ऐश्वर्य

नायक रमेश उप्रेतीले निर्माण गरेको पहिलो फिल्म ऐश्वर्य वर्ष कै बहुप्रतिक्षित फिल्म बन्दै गएको छ । रिलिज भएको गीत र ट्रेलरले अहिले नेपाली सिनेमा बजार निकै गर्माएको छ । फिल्ममा समावेश तिमी रोएको पल बोलको गीत अहिले सबैको मुखमा झुन्डिएको छ भने युटुवमा पनि गीतले राम्रो भ्युज बटुल्न सफल भएको देखिन्छ ।

यो समाचार तयार पार्दासम्म गीतलाई करिब २८ लाख ५० हजार पटक हेरिसकिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरले पनि दर्शकबाट राम्रो साथ पाएको छ । विशेष गरि ट्रेलरमा राखिएका केही संवादहरु अहिले निकै हिट छन् ,जस्तो ः
१. बिजनेसले टाउको दुखाउछ ,प्रेमले मुटु दुखाउछ
२.खेल तेरो,मैदान तेरो,खेलाडी तेरो तर जित मेरो
३. एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाइ ताकेको,मृगलाइ होइन मायालाइ ताकेको.

यसरि सार्वजनिक गीत हिट लिस्टमा पर्नु र सार्वजनिक ट्रेलरले दर्शकको ध्यान तान्नुले नायक रमेश उप्रेतीको डेब्यु निर्माण सुखद हुने संकेत देखिएको छ । त्यसो त नायक तथा निर्माता रमेश उप्रेतीको यो कमब्याक फिल्म हो,रमेश करिब ५ वर्ष पछि गएको वर्ष फिल्म ब्रासलेट बाट नेपाली फिल्म उद्योगमा फर्किएपनी उनले आफ्नो कमब्याक फिल्म भनेर ऐश्वर्य लाई नै मानेका छन् ।
निर्मल शर्मा गैंडा सह –निर्माता रहेको फिल्ममा प्रेम प्राप्तिका लागि हुने संघर्ष वा भनौ लडाईलाई मुख्य रुपमा उठाइएको छ । फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतका कलाकारले मुख्य अभिनय गरेका छन् । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्।
अर्जुन पोख्रेल र विराज गौतमको संगीत , रामजी लामिछानेको कोरियोग्राफी अनि राजेश श्रेष्ठ र सुदिप बरालको सिनेम्याटोग्राफि रहेको फिल्म ऐश्वर्य कात्ति{क ९ गते छठपर्वको दिनबाट अल नेपाल रिलिज हुँदैछ ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …