Tuesday , January 23 2018

थारु अवतारकी दीपाश्री, ‘छल्की’मा रेखा थापा पनि

थारु र नेपाली भाषा डबिङ्गमा पहिलो पटक दर्शकले चलचित्र “छल्कि”लाई पाउने भएको छ। पुर्विया थारु संस्कृति र भेषभुषा राष्ट्रभरि हेर्न र बुझ्न सकियोस भनेर दुई भाषामा बनाउन लागिएको हो । चलचित्र छल्कीमा दर्शकले मुख्य भुमिकामा राष्ट्रिय कलाकार दिपा श्री निरौला र मोरङगिया थारु भाषा चलचित्रका पहिलो नायक राजेन्द्र भगतलाई पाउनेछ । थारु समुदायको धेरै लागानीमा बन्न लागेको यो चलचित्र पहिलो नै मान्न सकिन्छ ।२५ लाखमा बन्न लागेको सो चलचित्रमा कलाकार जय चौधरी, प्रज्वल माझी, लेजिना सुवेदी, राज नारायण सेन लगायतको भुमिका रहने छ भने अतिथी कलाकारमा राष्ट्रिय कलाकार रेखा थापालाई समेत दर्शकले हेर्न पाउने जानकारी निर्माण पक्षले दिएका छ्न ।

प्रमुख निर्माता कन्नुलाल चौधरी, निर्माताहरु बद्री नारायण माझी, अमलेश महतो, कार्यकारिणी निर्माता नरेश चौधरी, सह निर्माता प्रभु प्रमानन्द चौधरी, मनोज चौधरी, प्रशुराम चौधरी, सुनिता चौधरी रहेका छन ।त्यसैगरी प्रस्तुतकर्ता राजेन्द्र भगत छ्न भने फिल्ममा लेखन निर्देशन केशव रायमाझीको रहेको छ । सो चलचित्रको छाँयाकन दार्जिलिङ, सिक्किम, बर्जु ताल, बिराटनगर, जनकपुर लगायतको स्थानमा हुनेछ । छल्की शब्द थारु समुदायमा नकारात्मक रुपमा लिने हुँदा यसलाई सकारात्मक रुपमा चित्रण गर्ने र पछि परेको समाजलाई परिवर्तन गर्न सो चलचित्र निर्माण गर्न लागेको निर्माता प्रभुप्रमान्द चौधरीले बताए । सो चलचित्र देशभरका सिनेमा घरमा प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …