Tuesday , October 24 2017

भिडियो सार्बजनिक भयो, चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयोको

हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरीएको चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयो बोलको एक भिडियो गीत सार्बजनिक गरीएको छ । हाईलाईटस नेपालले शुक्रबार युटयब मार्फत यो गीतलाई सार्बजनिक गरेको हो । सार्बजनिक गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ । मकवनपुरको बिभिन्न रमणीय स्थलहरुमा छायाकन गरीएको यो गीतलाई दिब्य सुबेदीले क्यामरा चलाएकाछन भने कबिराज गहतराजले कोरीयोग्राफ गरेकाछन ।

बिकाश चौधरीको संगीत रहेको यो गीतलाई चलचित्रका निर्देशक गोबिन्द गौतमले लेखेका हुन । सार्बजनिक गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । अर्जुन जिसिको सम्पादन रहेको यो गीतको भिडियोमा चालीस जना पुरुष र चालीस जना महिलाहरुको जम्बो नृत्यगंनाहरु सगैं नायक दीलीप रायमाझी र गायिका जुनु रिजालको जोडीलाई फिचरीग गरीएको छ । चलचित्रमा निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी,जुनु रिजाल,दिलिप रायमाझी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

संजिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो चलचित्र मार्फत हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशी चलचित्र क्षेत्रमा लगानीका रुपमा भित्रीएकाछन भने चलचित्रका प्रस्तुतकर्ता गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतम रहेकाछन ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …