Tuesday , October 24 2017

फाटेको जुत्ता ट्रेलरलाई दर्शकको राम्रो साथ भिडियो सहित हेर्नुहोस्

अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘फाटेको जुत्ता’ ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ । दशैको वरिपरि रिलिज भएका अन्य फिल्मका गीत र ट्रेलरले दर्शकबाट उत्साहजनक साथ नपाएपनी फिल्म फाटेको जुत्ता को ट्रेलरलाई भने दर्शकले निकै रुचाएका छन् । सौगात मल्ल र प्रियंका कार्की स्टारर यो फिल्मको ट्रेलरलाई युटुवमा यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार पटक हेरिएको छ ।

ट्रेलर :-

कार्तिक १७ गते रिलीज हुने यो चलचित्रको ट्रेलर कमेडी छ । यस चलचित्रमा सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाह गरेका छन् । निकेश खड्काले निर्देशन गरेका फिल्म ूफाटेको जुत्ता को ट्रेलर रिलिज पुर्व नै आइ एम सरि र चोली बोलका दुईवटा गीत रिलिज भैसकेका छन् । यो वर्षको प्रतिक्षित फिल्म फाटेको जुत्ता मा प्रियंका कार्की र सौगात मल्लका अलवा कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …