Tuesday , October 24 2017

‘पद्मावती’ मा शाहिदको अहिलेसम्मकै फरक लुक्स

निर्देशक सञ्जयलिला भन्सालीको अर्काे बहुप्रतिक्षित फिल्म ‘पद्मावती’ पछिल्लो समय निकै चर्चामा रहेको छ । विभिन्न आलोचनाका बीच ‘पद्मावती’ को लागि आम दर्शकको कौतुहल्ता भने सकिएको छैन् । हालैमात्र यस फिल्मको फस्टलुक जारी भएको थियो । जसमा दिपिका पादुकोण दखिएकी थिईन् ।

फिल्ममा रणवीर सिंह र शाहिद कपुरको पनि मुख्य भुमिका रहेको छ । ‘पद्मावती’ मा शाहिदको पनि लुक्स सार्वजनिक भएको छ । जुन तस्बिरमा शाहिदको अहिलेसम्मकै भिन्न रुपमा देख्न सकिन्छ । लामो जुङगामा देखिएका शाहिदको ती तस्बिरहरु यतिबेला निकै भाईरल बनिरहेको छ ।

फिल्ममा उनी महारावल रतन सिंह बनेका छन् । फिल्ममा शाहिद दिपिकाको श्रीमानको भुमिकामा रहेका छन् ।दिपिका , शाहिदपछि फ्यानहरु रणवीर सिंहको लुक्सका लागि आतुर रहेका छन् । ऐतिहासिक पृष्ठभुमिका तयार भएको ‘पद्मावती’  डिसेम्बर १ मा रिलिज हुनेछ ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …