Sunday , August 20 2017

मधेस र पहाड जोड्ने ‘संरक्षण’

मुलुकमा देखिएको मधेस र पहाडबीचको द्वन्द्वलाई मुख्य विषय बनाएर निर्माण गरिएको फिल्म ‘संरक्षण’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । देशभरका ८० सिनेमाघरमा प्रदर्शन हुने फिल्मबारे जानकारी दिन बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरियो । निर्देशक पूर्णेन्दु झाले फिल्म पाँच ‘पी’ अर्थात् प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको जनाए । ‘यो फिल्मले पछिल्लो समय मुलुकमा देखिएको पहाड र मधेसको द्वन्द्वलाई समेटेको छ,’ निर्देशक झाले भने । फिल्मले नयाँ कथा तथा शैली पस्केको निर्देशक झाको दाबी थियो । फिल्ममा पहाडी, मधेसी थारू समुदायबीचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरिएको उनले दाबी गरे ।

‘यो फिल्मले मधेस र पहाडलाई जोडने काम गर्छ,’ उनले भने । निर्माता नरेन्द्र महर्जनले आफ्नो फिल्म करिअरमा यो निकै पृथक भएको बताए । फिल्मको लागत १ करोड ५० लाख रुपैयाँ रहेको उनले जनाए । अभिनेता राज कटुवालले फिल्म ‘संरक्षण’ ले वर्तमान नेपालको मुख्य विषय उजागर गरेको बताए । फिल्ममा सौगात मल्ल, निखिल उप्रेती, रमेशरञ्जन झा, राज कटुवाल, सुशान्त श्रेष्ठ, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, नीर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, कामेश्वर चौरासियालगायतको अभिनय रहेको बताइएको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …