Tuesday , January 23 2018

माघ १९ मा शेरबहादुर पक्का

अवकाशप्राप्त आर्मीको जीवनचर्यामा केन्द्रित ‘शेरबहादुर’ फिल्म माघ १९ देखि प्रदर्शनमा आउने भएको छ । राजु राजवंशीको निर्देशनमा बनेको शेरबहादुरमा अभिनेता सुनील थापा शीर्ष भूमिकामा छन् ।केही समयअघि गीत सार्वजनिक गरिएको शेरबहादुरका अन्य मुख्य कलाकारमा कर्मा, रवीन्द्र झा र मेनुका प्रधान छन् । झट्ट नाम सुन्दा राजनीतिक विषयजस्तो लागे पनि शेरबहादुर बिल्कुलै रमाइलो फिल्म भएको निर्देशक राजवंशीको दाबी छ ।

अधिकांश दृश्य सेट लगाएर खिचिएको बताइने फिल्मका निर्मातामा गौरीशंकर धुजू र धीरज राजवंशी छन् । पुराना सिनेमाटोग्राफर धुजूले डेढ दशकअघि ‘घुम्टो’ नामक फिल्म निर्माण गरेका थिए । माघ १९ मा शेरबहादुरसँगै राम नेपाल निर्देशित ‘पटुकी’ प्रदर्शन हुने भएको छ । म्याक्टेन कालुले निर्माण गरेको पटुकीमा रजनी केसी मुख्य भूमिकामा छिन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …