Wednesday , December 13 2017

कंगना चढेको कारका ड्राइभर अमेरिकाको सडकमा निदाएपछि

बलिउड अभिनेत्री कंगना रनावतको अगामी फिल्म ‘सिमरन’ रिलिजको तयारीमा छ। उनको फिल्मको टिजर पनि सार्वजनिक भएको छ।फिल्म ‘सिमरन’को शुटिङको समयमा भएको एक दुखद् अनुभव उनले सेयर गरेकी छन्। उनले फिल्म ‘सिमरन’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा अमेरिकाको सडकमा गाडी द्रुत गतिमा कुदिरहेको बेला आफ्नो ड्राइभर निदाएको बताईन्। उनले ड्राइभर निदाएको र आफ्नो अन्तिम दिन आएको महसुस गर्दै आमाबुवालाई फोन गर्न लागेको अुनभव सुनाईन्।

त्यसपछि गाडी फुटपाथमा गएर ठोक्किएको र आफुहरुलाई अस्पताल लगिएको उनले बताइन्। कंगनाले यो घटना विर्सिन आफुलाई निकै गार्हो भएको बताइन्।उनले अस्पताल लगेपनि आफुलाई ठीक हुन धेरै समय लागेको बताइन्। यी कुरा पछि साथीभाईलाई सुनाउँदा कसैले विश्वास नगरेको बताउँदै कंगनाले यो घटनाको साक्षी निर्देशक हंसल मेहता र फिल्मको टीम भएको बताइन्।फिल्म ‘सिमरन’ १५ सेप्टेम्बरमा रिलिज हुनेछ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …