Tuesday , January 23 2018

नाजिरले मन दुखाउँदै भने : “म भारतीय होईन विशुद्ध नेपाली नै हुँ “

‘होस्टल रिर्टन्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका नायक हुन नाजिर हुसेन । उनको करियरमा सोलो हिट चलचित्र दर्शकमाझ नआएपनि उनलाई फिल्म अफरको कमी छैन । उनको अभिनयले चौतर्फी चर्चा नै पाएको छ । हाल ‘राज्जा रानी’ को प्रमोसनमा व्यस्त रहेका नायक नाजिरलाई धेरैले नेपाली होईन भारतीय हो भन्ने आरोप लगाउँदै आएका छन् ।सोसल मिडियाहरुमा उनलाई भारतीय भन्दै धोती भनेर गाली गर्नेहरुको संख्या पनि छ । हालै एक अन्तरवार्तामा नाजीरले आफु विशुद्ध नेपाली भएको बताउँदै त्यस्ता कमेण्टहरुले चित्त दुख्ने गरेको बताएका छन् । उनी भन्छन् : मेरो पुर्खा नै बिरगञ्जमा बस्दै आएको रैथाने हो । मलाई कोहीले धोती भनेर कमेण्ट गर्दा चित्त दुख्छ ।

सम्भवत उनको कालो बर्णको लुक्स र नामको कारण पनि उनी भारतीय हुन की भन्ने गलत धारणा मानिसहरुमा देखिएको छ । उनी भन्छन् ः “म विशुद्ध नेपाली हुँ । मेरो माृत भाषा नेपाली नै हो भने पितृ भाषा भोजपुरी हो । मेरो बुवा नेपाली मुस्लिम हुनुहुन्छ मेरो आमा हिन्दु हो । म यही जन्मेर यही हुर्केको हो” ।आफनो दर्शकहरुलाई अहिलेसम्मको साथ र मायाको लागि उनले धन्यावाद पनि दिएका छन् । उनी यतिबेला चलचित्र ‘कागजपत्र’ को सुटिङमा व्यस्त छन् भने उनको चलचित्र राज्जा रानी पुष २१ गतेबाट रिलिज हुँदैछ । जसमा उनले नायिका केकी अधिकारीसरुंग स्क्रिन सेयर गरेका छन् । साच्चै हामी नेपाली हौ ।

हाम्रो नेपालमा भौगोलिकताले पहाडी , तराई र हिमालले बाडे पनि हामी सबै नेपाली नै हौ । यसबारेमा सबै नेपालीहरुले अबलम्बन गर्ने पर्छ । हामी भारतमा बस्ने भारतीय नेपाली भाषीहरुलाई नेपाली भनेर गर्व गछौ । तर आफनै मधेशी रैथाने नेपालीहरुलाई भने नेपाली भन्न हिच्किचाउछ । यो सबैभन्दा ठुलो दुर्भाग्य हो ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …