Tuesday , October 17 2017

‘समर लभ’मा नम्रता अनुवन्धित

लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्ममा नायिका नम्रता सापकोटा अनुवन्धित भएकी छिन् । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’मा जितु नेपालको अपोजिटमा काम गरेकी नम्रताले ‘समर लभ’मा सुस्मिताको भूमिका निर्वाहा गर्नेछिन् ।फिल्ममा अतीत आफ्नो जागिरको शिलशिलामा पश्चिम जाँदा उनको भेट सुस्मितासँग हुन्छ । अतीत र सुस्मिता एउटै अफिसमा काम गर्ने गर्छन । साया अध्ययनका लागि विदेश गएपछि अतीत र सुस्मितामाथि नै कथा घुमेको छ । नम्रताले ‘समर लभ’मा निर्वाहा गर्न लागेको आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन् । उनले भनिन्, ‘म निकै खुशी छु । मलाई सबैभन्दा मनपर्ने पुस्तकमाथि नै काम गर्न लाग्दैछु ।’ अहिले फिल्म ‘समर लभ’को वर्कसप चलिरहेको छ ।

साउन अन्तिमबाट फ्लोरमा जान लागेको फिल्म ‘समर लभ’ कारण नायिका सापकोटाले आफूले अभिनय गर्न लागेको अर्को फिल्म ‘कान्छी’ समेत छाडेकी छन् । उनले भनिन्, ‘कान्छी र ‘समर लभ’को छायाँकन लगभग एकै समयमा हुने भएपछि आपसी सहमतीमा नै मैले ‘कान्छी’ छाडेकी हुँ । मलाई ‘कान्छी’ छाड्न मन थिएनँ तर बाध्यताले छाड्नु पर्‍यो ।’फिल्म ‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । अल्लारे पाठकले अत्यधिक रुचाएको उपन्यासबाटै सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको ‘समर लभ’ का चर्चित जोडी साया र अतीतको भूमिकामा नयाँ कलाकारलाई डेब्यु गराइएको छ ।नेपाली मूलकी रेवती क्षत्रीले सायाको भूमिका निर्वाह गर्दै छिन् । यस्तै, अतीतका रूपमा भने आशिष पियाले अभिनय गर्नेछन् । पुष्पन प्रधानको संगीत रहने फिल्मको संवाद भने सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …