Tuesday , November 21 2017

चलचित्र ‘छक्का पञ्जा २’ को पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक भएको छ । मित्रता दिवसको अवसर पारेर चलचित्रकी निर्देशक दिपाश्री निरौलाले फेसबुक मार्फत चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन् । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु समावेश छन् ।

सार्वजनिक पोस्टरमा चलचित्रको तिन नायिका प्रिंयका कार्की, बर्षा रावत र स्वस्तिमा खड्कालाई दुलहीको भेषमा देखाइएको छ । साथै जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, दिपकराज गिरि र बुद्धि तामाङ पनि पोस्टरमा अटाएका छन् । आमा सरस्वती मुभिज प्रालिको प्रस्तुति रहेको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन रहेको छ । चलचित्र असोज ११ गते बाट देशभर प्रदर्शन हुदैछ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …