Sunday , August 20 2017

साहिमा र भूमिका उत्कृष्ट गायिका, भिडियो निर्देशकमा नबिन

गायिका साहिमा श्रेष्ठ र भुमिका गिरी उत्कृष्ट गायिका घोषित भएका छन् । धादिङको ओम शान्ति चलचित्र मन्दिरमा आयोजित  ‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४’मा यी गायिका उत्कृष्ट घोषित भएका हुन् । अवार्डमा साहिमाले आधुनिक र भुमिकाले लोक गीत बिधामा उत्कृष्ट अवार्ड हात पारेका हुन् । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना रहेको यो अवार्ड मोफसलबाट आयोजना हुँदै आएको गीत संगीतको एकमात्र राष्ट्रिय अवार्ड हो । अवार्डमा उत्कृष्ट गायक आधुनिक तर्फ कृष्ण काफ्ले चँुनिदा मौसम गुरुङ घोषित भए । सो समारोहमा उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड आधुनिक तर्फ नविन गुरुङ र लोक तर्फ प्रकाश भट्टले थापो । बिभिन्न २७ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कलाकार रश्मि तामाङ ३३,३३३ नगदसहित  र इभेन्ट निर्देशक निशुकान्त झा विशेष सम्मानद्धारा वरिष्ठ रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक रहेको अवार्डको जुरी सदस्यमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेका थिए ।रेस्पोन्सिभ मिडिया प्रा.लिले ब्यवस्थापन गरेको अवार्ड कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले मोफसलबाट निरन्तर रुपमा कलाकारहरुलाई सम्मान गर्दै जाने बताए । उनले आगामी दिनमा अवार्ड देशका विभिन्न भागहरु समेत आयोजन गरिने बताए । अवार्डमा नायिका सञ्चिता लुईटेल, शोभिता श्रृखडा लगायत थुप्रै चर्चित कलाकर्कीको उपस्थिती रहेको थियो ।

क–कसले  लिए अवार्ड  ?

आधुनिक तर्फ
गायक : कृष्ण काफ्ले (ला छैन् माया पिरती)
गायिका : सहिमा श्रेष्ठ (तिमी बोल)
नव गायिका : बुनु उप्रेती (टुट्यो टुट्यो)
गीतकार :  डा.कृष्णहरी बराल (मेरो चरित्रमा शंका गर्ने तिमीको)
संगीतकार  ः सुरेन्द्र श्रेष्ठ (म रुँदा)
मोडल महिला :  जान्वी बोहरा (चित्त यो मेरो)
मोडल पुरुष :  केके अधिकारी (झड्का)
म्युजिक भिडियो : निर्देशक नविन गुरुङ (उडि जाने)
म्युजिक भिडियो : सम्पादन दिपक विष्ट (कोहि कोहिको माया)
म्युजिक भिडियो : छायांकार अजय रेग्मी (कोहि कोहिको माया)
पब्लिक च्वाइस अवार्ड :  खुस्बु खड्का ( तिमी बोल)
एस.एम.एस भोटिङ अवार्ड : मञ्जिता केसी (सम्झेर फेरी)

लोकदोहोरी तर्फ उत्कृष्ट 
गायक :  मौसम गुरुङ (तिमी फुल हौ कालि)
गायिका : भुमिका गिरी (सातो पुत्लो गयो)
नव गायक ः तिलक परियार (तोरी हरियो)
नव गायिका ः टिका तारमिमगर (गुन्द्रुक सिन्की पकाउनु पर्दैन)
शब्द ः शिखर गजरकोटे (चरि भएदेखी)
लय ः उद्धव कार्की नुवाकोटे (कोहि भन्दा )
मोडल ः पुरुष दुर्गेश थापा (तिमी फुल हौ कालि)
मोडल महिला ः रिना थापा मगर (भुरुरु पुतली)
म्युजिक भिडियो निर्देशक ः प्रकाश भट्ट  (मायाले माया लुकाया)े
म्युजिक भिडियो सम्पादन ः प्रविण भट्ट (आज गाउँमा)
म्युजिक भिडियो छायांकन ः दुर्गा पौडेल (आज गाउँमा)
जुरी अवार्ड ः कृष्ण रेउले (आज गाउँमा)
पब्लिक च्वाइस अवार्ड ः मञ्जु गौतम (हेलम्बुको स्याउँ)
पपुलर अवार्ड ः दिनेश थापा (बोेली नफेर)
इन्करेजमेन्ट अवार्ड ः लिला गिरी  (एक चोटी भेट्न पाए)

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …