Sunday , August 20 2017

मिस नेपाल निकिताको प्रदिपसँग फिल्म खेल्ने इच्छा

‘मिसे नेपाल २०१७’ निकिता चण्डकले अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने चाहना भएको बताएकी छन्। फिल्म ‘प्रेमगीत २’ हेरेपछि निकिताले प्रेम (प्रदिप खडका)को अभिनय सार्है राम्रो लागेको बताउँदै भविष्यमा प्रेमसँग फिल्म खेल्ने इच्छा जताएकी हुन्।उनी बिहिबार प्रेमगीत २ हेर्न कुमारी हल पुगेकी थिईन्। उनले फिल्म हेरेपछि निकै राम्रो बनेको प्रतिक्रिया दिँदै कुनै दिन प्रदिपसँग फिल्म खेल्ने मौका पाए तयार हुने बताइन्।

फिल्म ‘प्रेमगीत २’ यही साउन १३ गते रिलिज भएको थियो। फिल्म अहिले दोस्रो हप्ताबाट सफलतापुर्वक तेस्रो हप्तामा पुगेको छ।अभिनेता प्रदिप खड्का र अष्लेशा ठकुरीद्वारा अभिनित फिल्म ‘प्रेमगीत २’ को निर्माता सन्तोष सेन हुन्। फिल्मको निर्देशन रामशरण पाठकले गरेका छन्।यो फिल्म ‘प्रेम गीत’को सिक्वेल हो।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …