Tuesday , December 12 2017

पहिलो पाइलामै ठेस

मोडलिङको दुनियाँमा नाम कमाएपछि ओशिमा वानुले ठूलो पर्दामा फड्को मारिन्, रोमियोबाट । शंकर कार्की निर्देशित यस फिल्ममा उनको मुख्य भूमिका थियो । डेब्यु फिल्ममै प्रधान चरित्र पाएपछि दंग पर्नु स्वाभाविक नै भइहाल्यो । ‘ल्याङ ल्याङ…’ र ‘बाबरी…’ गीतले चर्चा कमाएपछि अझै उत्साही भइन् तर २४ कात्तिकमा रोमियो प्रदर्शन भएपछि चाहिँ ओशिमाको आशामा तुषारापात भयो । कारण, न फिल्मले बक्स अफिसमा पैसा छाप्यो, न अपेक्षाकृत सकारात्मक प्रतिक्रिया नै बटुल्यो ।

रोमियोसँगै तान्द्रो, मेला र सकस पनि रिलिज भए । व्यापारमा यी फिल्मले प्रत्यक्ष प्रभाव पारे । त्यसमाथि ओशिमालाई रोमियोकी अर्की नायिका निशा अधिकारीले छायामा पारिन् ।  अर्थात् पहिलो पाइलामै ठेस पो लाग्यो । क्या फसाद !

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …