Monday , August 21 2017

हिट क्वीन प्रेमचरी पूजा शर्माको तहल्का

पछिल्लो पुस्तामा नायक प्रदीप खड्काको जसरी नाम आएको छ । त्यसरी नै नायिकामा पूजा शर्माको नाम देखिएको छ । प्रदीप र पूजा एउटै चलचित्र प्रेम गीतबाट निकै चर्चामा आएका नायकनायिका हुन् । हाल व्यापक चर्चामा आएको चलचित्र प्रेम गीतको सिक्वेल प्रेम गीत २ मा पूजा शर्माको अभिनय छैन । अभिनय नभए पनि पूजा यतिखेर यही चलचित्रको प्रतिस्पर्धी चलचित्र ‘म यस्तो गीत गाउछु’ बाट चर्चाको शिखरमा पुगेकी छन् । हुन त ०७२ सालको को हिट फिल्म ’प्रेमगीत’ भन्दा अगाडि पूजा शर्मा एक गुमनाम अभिनेत्री थिइन् । आर्यन सिग्देल जस्ता स्टार नायकसँग फिल्म खेल्दा पनि पूजाको करिअर चम्कन सकेको थिएन । प्रदीप खड्काको जोडी बनेर चलचित्र प्रेम गीतमा खेलेपछि उनको व्यापक चर्चा भएको हो ।

प्रेम गीतभन्दा पछि पूजाले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसके पनि सफलता भन्ने शब्द उनको पोल्टामा परेको थिएन । प्रेम गीतले भने उनलाई प्रेमचरी नै बनाइदियो । चर्चाको शिखरमा पु¥याइदियो । यो चलचित्रको सफलता पश्चात उनको निकै डिमान्ड बढेको हो । डिमान्ड बढेअनुसार धेरै चलचित्रमा भ्याइनभ्याई हुनुपर्ने भए पनि भनेजस्तो अनि खोजेजस्तो चलचित्र नपाएकोले उनले त्यसपछि त्यति धेरै चलचित्रमा अभिनय गरेकी छैनन् । यसकारण पनि चर्चाको शिखरमा पु¥याएको चलचित्र ’प्रेमगीत’ रिलिजपछि पूजा झन्डै डेढ वर्ष रिजर्भ बसिन् । र, त्यसपछि मात्र सुदर्शन थापाको निर्माण र निर्देशनमा तयार भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गरेकी थिइन् । जुन फिल्म ३० असारबाट प्रदर्शनमा आएको छ । हलमा पल शाह र पूजा शर्मालाई हेर्न सयौं दर्शकको भीड लाग्यो ।

शुक्रबार र शनिबार त टिकटसमेत नपाएर दर्शक फर्किए । पहिलो हप्ता मात्र होइन दोस्रो हप्तामा पनि फिल्मले दर्शकको साथ राम्रो पायो । हालसम्म फिल्मले ४ करोड ग्रस बिजनेस गरेको वितरकको भनाई रहेको छ । ‘म यस्तो गीत गाउँछु’ ले पूजालाई फेरि हिट नायिकाको सूचीमा उभ्यायो । पूजा नायिकामा मात्र होइन निर्मात्रीमा पनि हिट भइन् । सुदर्शन थापा र पूजाले संयुक्त रूपमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका हुन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …