Friday , February 23 2018

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा बनेको हो ।


प्रेमकथामा बनेको यो चलचित्र नेपाल, थाइल्याण्ड र म्यानमारका खिचिएिको छ । चलचित्र आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा सन्तोस सेनले निर्माण गरेका हुन् ।रामशरण पाठकले निर्देशन गरेको चलचित्रका ओम गुरुङ सहनिर्माता हुन् । बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधानको छायाँकन, निर्देशक पाठककै पटकथा र संवादले भरिएको चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …