Thursday , December 14 2017

प्रियंका र आयुष्मानको डिमाण्ड बढ्दै

नेपाली चलचित्र क्षेत्रका चर्चामा रहेका लभ बर्ड प्रियंका कार्की र नायक आयुष्मान देसराज जोशीको प्रेमको चर्चाले यतिबेला उनीहरुको डिमाण्ड पनि बढ्न थालेको छ । यो पियरलाई केही चलचित्रका लिनको लागि प्रक्रिया बढिरहेको चर्चा छ यतिबेला । यतिबेला म्युजिक भिडियोमा पनि यो पियर दोहोरिन थालेको छ ।

४/५ वटा प्रोजेक्टमा एकसाथ काम गरिसकेका ती भिडियोले निकै चर्चा कमाएको थियो । उनीहरुको सम्बन्धको कारणले पनि निकै लाईमलाईटमा रहने गरेका प्रियंका र आयुषमानको अर्को म्युजिक भिडियो जारी भएको छ । रामकृष्ण ढकाल र अन्जु पन्तको आवाजमा रहेको “माया गर्छु” बोलको गीतमा प्रियंका र आयुष्मानले कम्मर मर्काएका छन् ।

श्रीकृष्ण बम मल्लको संगित र कृष्ण केसीको शब्दमा रहेको उक्त गीतको भिडियोमा सुरेन बस्यालको कोरियोग्राफी र अजुर्न अधिकारीको निर्देशन रहेको छ । भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै राम्रो देखिएको छ । सबैको ध्यान तानेको यो जोडीको कारण पनि भिडियो हिट हुने विश्वासको कारण पनि उनीहरुको डिमाण्ड दिनानुदिन बढिरहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …