Monday , August 21 2017

पूजालाई दुवै हातमा लड्डु

पूजा शर्मा, यो नाम अब नेपाली दर्शकहरुका लागि कन्ठै भैसकेको छ । वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि पूजा शर्मा एक गुमनाम अभिनेत्री थिइन् । आर्यन सिग्देल जस्ता स्टार नायकसँग फिल्म खेल्दा पनि पूजाको करिअर चम्कन सकेन थिएन । उनलाई पनि थियो फ्यानले सेल्फी खिच्न तछाड मछाड गरुँन, आफ्नो फिल्म हलमा लाग्दा दर्शकको थामिनसक्नुको भिड लागोस् र जताततै चर्चा आफ्नै मात्र होस् ।

‘प्रेमगीत’ रिलिजभन्दा अगाडि पूजाको यो सपना साकार त परै जाओस् निन्द्रामा पनि पूरा भएनन् । झण्डै आधा दर्जन फिल्मबाट निराशामात्र हात पारेकी पूजालाई वर्ष २०७२ लक्की वर्ष बनेर आयो । फिल्म ‘प्रेमगीत’ले खासै दमदार व्यापार नगरेपनि दर्शकहरुबाट भने तारिफको वर्षा नै गरायो । योभन्दा ठूलो सफलता एक कलाकारका लागि अरु के नै पो होला र ? अनि त्यो निन्द्रामा पनि नदेख्ने सपना पूजाले विपनामा नै महशुस गर्न पाइन् ।

‘प्रेमगीत’ रिलिजपछि पूजा झण्डै डेढ वर्ष रिजर्भ बसिन् । र, सुदर्शन थापाको निर्माण र निर्देशनमा तयार हुने फिल्म ‘म यस्तो गीत गाउँछु’ साइन गरिन् । यो फिल्म असार ३० गतेबाट प्रदर्शनमा आएको थियो । हलमा पल शाह र पूजा शर्मालाई हेर्न सयौं दर्शकको भिड लाग्यो । शुक्रवार र शनिवार त टिकट समेत नपाएर दर्शक घर फर्किए । पहिलो हप्ता मात्र होइन दोस्रो हप्तामा पनि फिल्मले दर्शकको साथ राम्रो पायो । हालसम्म फिल्मले ४ करोड ग्रस विजनेश गरेको वितरक बताउँछन् ।

‘म यस्तो गीत गाउँछु’ले पूजालाई फेरि हिट नायिकाको सूचीमा उभ्यायो । पूजा नायिकामा मात्र होइन निर्मात्रीमा पनि हिट भइन् । सुदर्शन थापा र पूजाले संयूक्त रुपमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका हुन् । नेपालमा यस्ता कमै नायिका होलान्, जसले अभिनय र फिल्म निर्माणमा पनि सफलता हात पारेका हुन् । अभिनय र फिल्म निर्माणमा रेखा थापामात्र सफल मानिन्छिन् । अब पूजाको नाम छुट्ने त कुरै भएन । अभिनय र फिल्म निर्माणबाट सफलताको स्वाद चाखेकी पूजालाई दुवै हातमा लड्डु मिलेको छ ।‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पूजालाई अहिले स्टार नायिकाको समेत भन्न थालिएको छ ।

 

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …