Tuesday , January 23 2018

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । अर्थात्, राज्जा रानी फिल्ममा समावेश पिंकु मिस बोलको मैथली मिश्रित गीत शुक्रबार सार्वजनिक गरिएको हो ।राज्जा रानीको निर्माण युनिटले फिल्ममा रेखा थापाले एउटा आइटम डान्स र केही दृश्यमा अभिनय गरेको भए पनि प्रचार–प्रसारमा भने ल्याएको थिएन । बुधबार प्रिमियरमा राज्जा रानी हेरेका सञ्चारकर्मी तथा फिल्मकर्मीले मात्र फिल्मभित्र रेखा पनि रहेको थाहा पाएका थिए ।

रेखा अभिनीत अघिल्ला फिल्मले व्यावसायिक सफलता हासिल नगरेकाले राज्जा रानी निर्माण युनिटले उनलाई ‘फ्ल्यास’ नगरेको एकथरी सञ्चारकर्मीको बुझाइ छ । केहीले भने दर्शकलाई ‘सरप्राइज’ दिनका लागि त्यसो गरिएको व्याख्या गरेका छन् ।पिंकी मिसमा रेखाले खुलेरै ठुम्का लगाएकी छिन् । हत्तपत्त सहायक भूमिका, आइटम डान्स गर्न नमान्ने रेखा राज्जा रानीभित्र चाहिँ ‘गुमनाम’ हुन किन चाहिन् त ? यसबारे भने विभिन्न अनुमान गर्ने गरिएको छ । खासमा, राज्जा रानीका निर्माता रमेश एमके पौडेल उनै हुन्, जो रेखाले निर्माण गरेको रुद्रप्रिया फिल्ममा कार्यकारी निर्माता थिए । एमकेको अफर नकार्न नसकेर रेखा राज्जा रानीमा हराएको पनि हुन सक्छ ।रेखाले यसअघि मेरो एउटा साथी छ, कर्मयोद्धा, भगवान् सबैको, आफ्नो मान्छे आफ्नै हुन्छलगायत फिल्ममा आइटम डान्स गरेकी थिइन् । युट्युबमार्फत सार्वजनिक गरिएको पिंकु मिस शुक्रबार राति ११ बजेसम्म साढे ४१ हजारपटक हेरिएको छ ।

Check Also

माघ १९ मा शेरबहादुर पक्का

अवकाशप्राप्त आर्मीको जीवनचर्यामा केन्द्रित ‘शेरबहादुर’ फिल्म माघ १९ देखि प्रदर्शनमा आउने भएको छ । राजु …