Sunday , October 22 2017

आर्यन र पूजा ‘फिटनेश सेन्टर’ उद्घाटनमा

काठमाण्डौको बनस्थलीमा निर्माता हरि महत्तले ‘आइसल्याण्ड स्पा एन्ड फिटनेश सेन्टर’ संचालनमा ल्याएका छन् । नायिका पूजा शर्मा र नायक आर्यन सिग्देलले एक कार्यक्रमकाविच फिटनेश सेन्टरको उद्घाटन गरेका थिए ।हरिले चलचित्र ‘आइ एम सरी र पुन्टे परेड’ निर्माण गरेका थिए ।

उनले २५ लाखको लगानीमा बनस्थली वरिपरी बसोबास गर्ने मानिसलाई लक्षित गर्दै फिटनेश सेन्टर संचालन गरेको बताएका छन् ।नायक आर्यनले स्पाको उद्घाटन गर्दै काठमाण्डौको बसाइ अनुसार अहिले हरेक मानिसमा फिटनेश आवश्यक रहेको बताए । यस्तै, नायिका पूजा शर्माले आफू सधै फिट हुनका लागि खानपान र नियमित व्यायममा ध्यान दिने गरेको बताइन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …