Thursday , December 14 2017

वर्षाले सौगातसँग लगनगाँठो कसेपछि

आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘मेरो पैसा खोई ?’ले ‘ओ कान्छी’बोलको गीत सार्वजनिक गरेको छ । गीतमा सौगात मल्ल दुलाहको भेषमा देखिएका छन् भने वर्षा राउत दुलहीको भेषमा सजिएकी छन् । प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द छ ।गीतमा सौगातले वर्षासँग लगनगाँठो कसेका छन् ।

रोज राणाको निर्माण र निर्देशन रहेको चलचित्रमा सौगात र वर्षाका सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको चलचित्रका उमा केसी निर्मात, रुपक राना र रुपम राना सहनिर्माता रहेका छन् । चलचित्र कमेडी बिषयमा निर्माण भएको छ । गीत हेर्दा चलचित्र पनि राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …