Tuesday , November 21 2017

प्रेम, आकर्षण र विछोड भरिएको यस्तो छ ‘रोमियो’ ट्रेलर

पछिल्लो समय प्रेमकथामा निर्माण भएका चलचित्रले बजार तताइरहेका छन् । प्रेमकथामै निर्माण भएको अर्काे चलचित्र ‘रोमियो’ पनि हो । २४ कात्तिकबाट प्रदर्शनमा आउँन लागेको यो चलचित्रले पनि ब्यवसाय गर्ने सम्भावना ट्रेलरले देखाएको छ ।केही दिन अगाडि सार्वजनिक ट्रेलरले चर्चा बढुल्ना सफल भएको छ, भने चलचित्र राम्रो बनेको अनुमान ट्रेलरमा समेटिएका दृश्यबाट पनि लगाउन सकिन्छ ।एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । ट्रेलरमा मित्रता, प्रेम, आकर्षण र विछोड समेत प्रस्तुत गरिएको छ ।

मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीत समेत अहिले चर्चामा छ । सुनिल सन्डे, कुर्वान खान, योगेश काजीको संगीत, अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन, रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रकी निर्माता आशिका श्रेष्ठ र सह–निर्माता बिष्णु कार्की हुन् ।

चलचित्रमा निर्धक्क लगानी गरेको र त्यो दर्शकले हलमा पुग्दा देख्ने र चलचित्र दर्शकको रोजाइमा पन निर्माता समेत रहेका हसानले बताए ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …