Sunday , January 21 2018

‘रुम न.१०८’ मा सलोन र आमेशको हट मोडल संग मस्ती

पछिल्लो समय युवापुस्ताका रोजाईका नायक सलोन बस्नेतले फिल्महरुका गीतमा मुख चलाएका त धेरै देखिएको छ । तर अहिले भने उनले आफ्नै आवाजमा रहेको र्याप गीत सार्बजनिक गरेका छन । “रुम नम्बर १०७” बोलको गीतलाई सलोन संगै आमेश भण्डारि र गिरिश खतिवडालाई पनि फिचरिङ गरिएको छ । गीतमा शब्द तथा कम्पोज सलोन र आमेश दुबैको संयुक्त रहेको छ भने सुरज ब्लुस ले एरेन्ज गरेका हुन । गीत गाउदै सलोन र आमेशले रूम नम्बर १०८ र स्विमिङ पुलमा हट मोडल संग मज्जैले रोमान्स गरेको भिडियो यस्तो छ

पर्फेक्ट प्लान ईन्टेरटेन्मेन्टको प्रस्तुति रहेको भिडियो निकै आकर्षक बनेको छ । अक्टोबर १५ मा युटुबबाट सार्बजनिक सो भिडियोलाई यो समाचार तयार पार्दा सम्म १ लाख २७ हजार भन्दा बढी पटक हेरिएको छ भने युटुब ट्रेण्डिङको पनि मथिल्लो स्थान उक्लिने क्रममा छ । भिडियोलाई शिशिर खातिले निर्देशन गरेका छन भने पवन सुस्लिङले छायांकन गरेका छन ।करिश्मा केसि, पुनम रायमाझी, उर्मिला श्रेष्ठ, सब्बु श्रेष्ठ, रोजिना खत्री, रोजि खत्री, रक्षा कोइराला, कुसुम खड्का, देबिका कार्की, वजस्वी केसि र स्नेहा लामा देखिएको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …