Thursday , January 18 2018

शम्भुजितलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिस्ठानका उपकुलपति तथा बरिस्ठ  संगीतकार शम्भुजित बास्कोटा ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।उनलाई नुवाकोटबाट निस्कने पत्रिका सुन्दरादेवी संदेश साप्ताहिकले आफ्नो छैठौ बार्षिक उत्सबको अवसर पारेर सो सम्मान दिएको हो । ११ हजार १ सय ११ नगद सहितको पुरस्कार पाउँदा बस्कोटाले कर्मको फल मिलेको बताए ।

कार्यक्रममा सुन्दरादेबी संदेशले आयोजना गरेको नृत्य प्रतियोगिताका बिजेतालाई पनि  पुरस्कार दिइयो । प्रतियोगीतामा समुह तर्फ अर्किड एकेडेमी प्रथम ,ब्रिलियंत एकेडेमी दृतिय र भैरबि एकेडेमी तृतीय भएका छन्, भने एकल तर्फ निता तामाङ प्रथम ,स्मृति रिजाल दृतिय र सोनियान लामा तृतीय भएका छन् ।कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, सन्तोस श्रेष्ठ, पत्रकार शान्ती प्रिय लगायतको उपस्थिती थियो । कार्यक्रम आयोजक तथा पत्रिकाका सम्पादनक किरण अधिकारीले अवार्ड, सम्मान र नृत्य प्रतियोगीताले आगामि दिनमा पनि निरन्तरता पाउने बताए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …