Thursday , August 17 2017

‘इन्टु मिन्टू लन्डनमा’को लागी साम्राज्ञीको डान्स तयारी

पछिल्लो समयकी सर्वाधिक चर्चित अभिनेत्री मध्ये एक पर्छिन् साम्राज्ञी राज्य लक्ष्मी शाह । एउटा मात्रै चलचित्र रिलिज भएको साम्राज्ञीकी दुईवटा चलचित्र रिलिजको तयारीमा रहेका छन् । उनि अभिनित नयाँ चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर र गीत रिलिज भएसंगै उनको चर्चा झन् चुलिएको छ ।सामाजिक संजालमा निकै सक्रिय रहेकी साम्राज्ञीले बुधबार दिउँसो सामाजिक संजाल इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन्। भिडियोमा उनि नेपाली गीतको रिहार्सह्ल गर्दै गरेको देख्न सकिन्छ ।

उनले प्रस्ट रुपमा केको लागि तयारी भनेर उल्लेख नगरे पनु उक्त तयारी चलचित्र ‘इन्टु मिन्टू लन्डनमा’को लागी भएको बुझिएको छ ।रेनेशा बान्तवा राइको निर्देशनमा बनिरहेको चलचित्रको छायाँकन यतिबेला चलिरहेको छ । भिडियो इंस्टाग्राममा राख्दै साम्राज्ञीले ‘उनको स्टेपहरु कपि गर्न कोसिस गरिरहेको छु । बिक्रम कोरियोग्राफर, मेरो ट्रेनर ।’ लेखेकी छिन् । उनलाई कोरियोग्राफर बिक्रम लामाले डान्स सिकाइरहेका छन् ।चलचित्रमा उनको साथमा नव-नायक धिरज राई मुख्य भूमिकामा रहेका छन् । चलचित्रको छायाँकन नेपाल र बेलायतमा हुनेछ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …