Thursday , January 18 2018

कलाकार र समाजसेवीको समुह बाढी पीडितका लागि राहत संकलनका लागि जुटे

कलाकार एवम चलचित्र निर्देशक निर्मल शर्मा, गायक एवम संगीतकार सञ्जय श्रेष्ठ, स्वतन्त्र मेडियाकर्मी प्रभात रिमाल, प्रशिद्ध दन्त चिकित्सक डा निल पाण्डे, सेभेन समिट्स वुमेन टिमका सन्चालिका माया गुरुङ लगायतका बिसिष्ठ ब्यक्तीहरुको एक समुहले आज भएको एक भेटघाट कार्यक्रममा बढी पीडितका लागि राहत संकलनका लागि “People to people” भन्ने संघठन खडा गरेका छन ।


यो समुहले दिएको राहत संकलनका लागि  समुहको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।

हाल देशमा बाढी पहिरोको कारण आएको विषम परिस्थिती लाई सक्दो सहयोग पुर्याउन हामिले एउटा “People to people” भन्ने समूह खडा गरेका छौं । यदि तपाईं पनि सो सेवामा सहयोग पुर्याउन चाहनु हुन्छ भने हामी लाई सम्पर्क गर्नु होला । कुनै पनि प्रकारको राहत सहयोग गर्न सक्नुहुनेछ । पारदर्शीताका लागि तपाइले गरेको सहयोग लाई हामिले google sheet मार्फत सार्बजनिक रुपमा राख्नेछौ । तत्काल कुनै पनि क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको हुनाले यो “समय” राहत संकलनको लागि राखेका छौँ । सहयोगी हातहरुका लागि समयसमयमा हामी अपडेट गर्नेछौं ।
सहयोग गर्नु हुने इच्छुक सहयोगी हरुले तत्काललाई कलाकार निर्मल शर्मा, मेडियाकर्मी प्रभात रिमाल तथा गायक सन्जय श्रेष्ठको फेसबुकमा मेसेज गर्न सक्नु हुनेछ । उहाहरु को फेसबुक प्रोफाइल हेर्न चाहनु हुनेले तल दिएको लिन्कमा क्लिक गर्नु होला ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …