Sunday , August 20 2017

सार्वजनिक भयो चलचित्र ‘विन्दास लाइफ’को पहिलो गीत

राजु गिरिको निर्माण तथा निर्देशन गरेको चलचित्र ‘विन्दास लाइफ’ को पहिलो गीत युट्युव मार्फत  रिलिज गरिएको छ । युट्युव मार्फत रिलिज गरिएको उक्त रोमान्स र प्रेमले भरिएको गीतमा चलचित्र विन्दास लाइफका दुई युवा नायक प्रथम खड्का र चिरन अधिकारीको साथमा नायिका सपना लामिछाने निकै रोमान्स गरेकी छिन् ।मुस्ताङको सेताम्मे पृष्टभूमि, निरन्तर वषिर्रहेको हिँउ, अनि तीन युवायुवतीको मस्ती ।

यहि रोमाञ्चक दृश्य छ, ‘मनले जसलाई’ गीतमा । विन्दास शैलीको यो भिडियो फिल्म ‘विन्दास लाइफ’को हो । उक्त गीतको भिडियो हालै सार्वजनिक भएको छ ।गीत भिडियोमा सपना लामिछाने, प्रथम खड्का लगायतले अभिनय गरेका छन् । भिडियोले छनक दिन्छ, यो त्रिकोणात्मक प्रेममा आधारित छ । मुस्ताङमा एक साता लगाएर छायांकन गरिएको भिडियोको सिर्जन बरालले कोरियोग्राफी गरेका हुन् । दुर्गा खरेल र के बस्नेतले गाएको गीतलाई अर्जुन पोखरेलले संगीत दिएका हुन् । यो फिल्म पुस २१ गते सार्वजनिक हुनेछ । चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …