Thursday , December 14 2017

‘तिमीलाई देखेपछि आइ लभ यू’को करोड दर्शक, गरियो सेलिब्रेसन

नेपाली गीत संगीतका दर्शक श्रोता अचेल धेरै पाइएका छन् । युट्युवमा गीत संगीतले पाएको करोडौ दर्शकले पनि यो पुस्टी गर्दछ । चलचित्रका गीत संगीतले युट्युवमा एक करोड दर्शक पाउनु सामान्य जस्तै हो । तर आधुनिक गीत संगीतले भने यति धेरै दर्शक पाउँनु सामान्य मान्न मिल्दैन ।यस्तै असामान्य दर्शक पाएको छ ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतले ।सरोज ओलीको स्वर रहेको यो गीतले युट्युवमा एक करोड दर्शक पाएको छ ।गीतले धेरै दर्शक पाएको खुसीमा गायक सरोजले केक काटेर सेलिव्रेशन समेत गरेका छन् ।आइतबार बिहान अनामनगरमा एक कार्यक्रममा गर्दै सरोजले खुसी साटेका हुन् । कार्यक्रममा गीतका मोडल पल शाह, संगीतकार बसन्त सापकोटा, गीतकार दिनेश थपलिया लगायतको उपस्थिती रहेको थियो ।


गीतमा सरोजको अलवा इन्दिरा जोशीको आवाज रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ । ७ महिना अगाडि सार्वजनिक गीतले अहिले १ करोड बढि दर्शक पाएको छ ।
कार्यक्रममा गीतकार थपलियाले विभिन्न ७ तत्वका कारण यो गीत करोड भन्दा बढी पटक हेरिएको बताए । उनले रोमान्टिक गीत भएकोले पनि दर्शकलाई मनपरेको बताए ।
भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, पल शाह लगायतले मोडलिङ गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …