Sunday , January 21 2018

सत्रु गतेको ‘रुपै मोहनी’, चर्चित ३ जोडिहरु एकै गीतमा

बिरगंजको छायांकन सकेर काठमाडौ छायांकनमा प्रस्थान गरेको फिल्म ‘सत्रु गते’ टीमले हालै एक गीतको छायांकन गरेको छ । फिल्मको मुख्य भुमिकामा निर्देशक दीपाश्री निरौला र हास्य अभिनेता हरिबंश आचार्य लगायत रहेका छन् । छायांकन भएको गीतमा यहि जोडि संगै दीपक-प्रीयंका र पल-आचलको अभिनय रहेको छ ।‘रुपै मोहनी’ बोलको गीतको आईतबार गुहेश्वरीस्थित समता हस्पिटलमा छायांकन गरिएको हो ।

यी तीन चर्चित हस्ती हरुलाई अब एकै गीतमा देख्न सकिने छ । रियल लाईफमा बिहे नै नगरेकी दीपाको सिउदोमा सिन्दुर थियो भने दीपा र हरिबंश बिचको रोमान्टिक दृश्य कैद भैरहेको थियो ।धेरैजसो छायांकन बिरगंजमै भएको ‘सत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । फिल्ममा दीपा र हरिबंशको अलावा दीपकराज गिरी, आँचल शर्मा, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठलगायतको मुख्य भुमिकामा अभिनय रहेको छ । फिल्म चैत्र ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउदैछ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …