Tuesday , November 21 2017

बेनिशासँगको बिछोडमा सौगातको यस्तो हाल,रिलिज भयो ‘झ्यानाकुटी’को गीत

चलचित्र ‘झ्यानाकुटी’को गीत रिलिज भएको छ। रिलिज मिती नजिकिदै गर्दा फिल्मको स्याड भर्जन गीत सार्वजनिक गरिएको हो। आइतबार युट्युबमार्फत फिल्ममा समावेश ‘भो मलाई चाहिन्दैन’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा धर्मेन्द्र सेवानको स्वर प्रदीप भारद्वाजको शब्द छ भने विकास चौधरीले संगीत गरेका छन ।


भिडियोमा सौगात मल्ल र बेनिशा हमालको फिचरिङ्ग छ । मार्मिक भाव ब्यक्त गरिरहेको गीतको भिडियोमा बेनिशाले सौगातलाई छोडेर गएपछि सौगातले भोगेको पिडालाई देखाइएको छ । सौगात र बेनिशाका अलवा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतको अभिनय रहेको छ। प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा हरी हुमागाईको छायाँकन, निर्देशक सुनुवारकै सम्पादन, निशा र सिमोश सुनुवारको नृत्य निर्देशन समावेश छ।नायिका निशा अधिकारीको निर्माण,सिमोश सुनुवारको निर्देशनमा बनेको चलचित्र मंसिर १ गतेबाट प्रदर्शनमा आउने छ ।

हेर्नुहोस् भिडियो :-

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …