Sunday , January 21 2018

प्रियंकालाई “आई एम सरी” भन्दै सौगात

निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ को हालै सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । जसमा सौगातले प्रियंकासँग माफी माग्ने मुडमा फकाइरहेका छन् । ‘आई एम सरी…’ बोलको उक्त गीतलाई प्रवेश मलिकले लेखेका हुन् भने संगीत र गायन पनि मलिककै हो ।

तराई पृष्ठभूमिमा निरज कँडेलले खिचेको उक्त गीतको कोरियोग्राफी राजीव समरले गरेका हुन् । अर्जुन कुमारले निर्माण गरेको ‘फाटेको जुत्ता’ मा सौगात र प्रियंकासहित कामेश्वर चौरासिया, रवीन्द्र झा, अनुज पाण्डे र विशेष भूमिकामा दयाहाङ राई रहेका छन् । निरोज महर्जनको पटकथा लेखन रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्म कात्तिक १७ मा रिलिज गरिने बताइएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …