Tuesday , October 24 2017

“मेरो फाटेको जामा”- शकुन लिम्बू

काम को सिलसिलामा दक्षिण कोरिया पुगेकि शकुन लिम्बू गित सङित लाई मात्र नभएर साहित्य छेत्र मा त्यतिकै रुचि भएकी त्यहाँको कोलाहल र ब्यस्त समय सङ संगै साहित्यको माध्यम बाट कबिता लेख्ने गर्छिन। उहाँ को दसै विशेष कबिता निकै मार्मिक सरल र भाषिक सब्दमा उतारियेको निकै सन्दर्भिक कबिताको सन्देश ले विशेष बडादसै तथा दिपावलिको सुभ अबसर मा उनी भन्छिन दसै मा धेरै खर्च सङै रमाउनु भन्दा पनि फाटेको जामा नै किन नहोस जे आफुमा भएको लत्ता कपड़ा ले पनि दसै को दिप बल्ने छ भन्दै आफ्नो बाल्यकाल र बर्तमान परिबेश लाई नियालेर हेर्ने हो भने उहा सदा झै यस्पालिको दसै मा त्यही पुरानो फाटेको जामा को पहिरन सहित दसै मनाउने र फाटेकै लुगा लगाएर भए पनि दसै मनौ भन्दै  देश तथा बिदेश मा रहनु भएको आम नेपाली दाजु भाइ दिदी बहिनी तथा आमा बुवाहरु मा दसै तथा दिपावलिको सुभकामना भन्छिन…

                                     “मेरो फाटेको जामा’
जब जब दसै नजिकिँदै गर्छ तब मेरो बाल्यकालको दर्पण नयन भरी नाच्न थाल्छ
जुन बेला गरिबीको चपेटाले परालको छानो झुपडीको छाँया मुनि अन्धकार साम्राज्य भित्र सन्तानको भोकको प्यास मेटाउन आमा माटोको भाडामा एक मुठी मकै लिएर चुला नीर होमिनु हुन्थियो ।
आफै जलेर – आफै ठोसिएर बाल्नु हुन्थियो आमा निभेको चुलो
म उफ्रिन्थे ,नाच्थे , रमाउथे देखेर संघारको दशै देखेर आगनको दिपावली तथापि , लाग्थ्यो मेरो खुशी बिरुद्ध छ यो समय कारण – मेरो बाबाको पसिनाले रंगिएको मेरो आमाको ममताले झल्किएको मेरो नयाँ जामा क्षण भर मै दु:खले बलेको अगेनाको झिल्का उठेर प्वाल पारी दिन्थ्यो जस्तै अनगिन्ती दु:ख र अभावको प्वाल थिए हाम्रो भाग्यमा त्यस्तै प्वालै प्वाल भए मेरो जामामा
भोलि पल्ट बिहानी घामको मिर्मिरे भालेको सुरिलो भाका संगै बाबा आमा मेरो ओठमा गुराँस फुलाउन बजार जाने खास खुस गरे
तर मलाई जामाको प्वाल पुर्नु भन्दा चिन्ता हाम्रो अभाव र दु:खको प्वाल पुर्नु थियो त्यसैले मैले बाबा – आमालाई भने नजानु मेरो ओठमा गुराँस फुलाउनु हटिया , मैले बुझेको छु हाम्रो नियतिको अर्थ बुझेको छु हाम्रो भाग्यको परिभाषा तसर्थ बा- आमा भो नजानु बजार हटिया
जब पुरिन्न यो दु:ख र अभावको प्वाल तब म फाटेकै जामा लाउछु सधै ओठहरुमा गुराँस फुलाउछु म अब फाटेकै जामामा दशै मनाउछु ।
             “शकुन लिम्बू” नवमी डाढा ९ पाँचथर,हाल दक्षिण कोरिया

Check Also

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा

अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको …