Sunday , August 20 2017

सृष्टिलाई नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सृष्टि तामाङले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगीतामा उनले २९ प्रतिपस्र्धीलाई पछि पार्दै ताज जितेकी हुन् । ताजसँगै उनले नगद तथा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् ।आरएनआर ग्रुपद्वारा आयोजिकत यस संस्करणमा दिव्या थापा फस्ट रनरअप र रिजिन तामाङ सेकेन्ड रनरअप भए । उनीहरुले पनि उपाधि सहित विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।


अधिवक्ता लक्ष्मण महर्जन, ब्युटिसिययन एसोशिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, हिमालय एयरलाइन्सका उज्वला दली, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फ्लाईटेकका सिईओ नाजिर हुसैन, पत्रकार डब्बु क्षेत्री र मोडल विपना थापा निर्णायक रहेको प्रतियोगीतामा गायक सुसन साम्सोहाङ लिम्बू र दीपा लामाले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

Check Also

क्लब डेजा भूमा रनवे परेड

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा …