Thursday , February 22 2018

दुई वर्षकी भइन् सन्नी लियोनकी छोरी, अमेरिकामा श्रीमानसँगै मनाइन् बर्थडे

सन्नी लियोनले श्रीमान् ड्यानियल बेवरसँग जुलाईमा लातूर (महाराष्ट्र) बाट एक बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् । जोडीको छोरीको नाम निशा कौर वेबर राखेका थिए । केही दिन अघि सन्नी र ड्यानियलले छोरीको दोस्रो जन्मदिन अरिजोना (अमेरिका) मा मनाए । सार्वजनिक भएको तस्बिरमा निशाले राजकुमारीको क्राउन लगाएर आमाबुवासँग पोज दिइरहेको देख्न सकिन्छ ।

सन्नी लियोनले २१ महिनाकी बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् ।ती बालिकालाई ११ अभिभावकले अपनाउन अस्विकार गरेको बताइएको छ । बालिकाको रंग कालो भएकाले उनलाई अस्विकार गरिएको बताइन्छ ।

Check Also

प्रियंका चोपडामाथि न्यूयोर्कको सडकमा यस्तो व्यवहार ? थाहा पाउनुस् वास्तविकता

प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । …