Tuesday , January 23 2018

पतिलाई हिरो बनाउन रिचाले बनाईन सुपर गोर्खे

बिवाह पछाडी चलचित्र क्षेत्रबाट भुमिगत भएकी अभिनेत्री रिचा शिंह ठकुरी पुन ः चलचित्र क्षेत्रमा फर्किएकी छिन् । अब भने ठकुरी अभिनेत्री मात्रै नभएर निर्मात्री पनि बनेर यो क्षेत्रमा फर्किएकी हुन् । रिचाले अहिले सुपर गोर्खे नामक चलचित्र निर्माण गरेकी छिन्, भने हिंजो मात्रै उनले यस चलचित्रको टिजर पनि सार्वजनीक गरेकी छिन् । यस चलचित्रको मुख्य भुमिकामा रिचा सँगै उनको पति राजले पनि अभिनय गरेका छन्, ।

यसबाट के बुझिन्छ भने रिचाले आफ्नो पतिलाई हिरो बनाउन फिल्म निर्माण गरेकी हुन् । रिचा र उनको पति राजका अलावा चलचित्रमा निराजन लुईटेल,भुपेन्द्र क्षेत्री,उत्तम विष्ट, सचिन केसी लगायत कलाकारले अभिनय गरेका छन् ।सुपर गोर्खेमा ताराप्रकास लिम्बुको संगित,सौरभ लामाको छायांकन,किरण माईकलको लेखन र रामजि लामीछानेको कोरीयोग्राफी रहेको छ । यो चलचित्र आगामी मंसीर २९ गतेबाट प्रर्दशन हुने भएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …