Tuesday , October 17 2017

सुरविनाको चर्चा तर !

पछिल्लो समयको नायिकामा चर्चामा हुने गर्छिन सुरविना कार्की । तर उनको चर्चा फिल्ममा अभिनय गरेको भन्दा पनि अन्य विषयवस्तुमा हुने गर्छ । केहि समय अगाडी चरित्र हत्याको प्रयास गरिएको भन्दै चर्चामा आएकी सुरविना बेलाबखतमा हुने इभेन्ट मार्फत चर्चामा आउने गर्छिन । उनि इभेन्ट आफुलाई फरक रुपमा प्रस्तुत गर्न खोज्छिन , जसले गर्दा उनको चर्चा बढ्छ ।‘झेली’ डेब्यु यी नायिकाले फिल्ममा गरिएको अभिनय मार्फत तारिफ नापाएता पनि इभेन्टमा लगाउने पहिरनको कारण भने चर्चामा आउछिन ।

सोमबार आयोजना भएको एक अवार्डमा उनि रेड गाउँनमा देखा परिन । पहिरनको कारण आफुलाई चर्चामा ल्याउन सक्ने यी नायिकाले अभिनयको कारण भने चर्चामा ल्याउन सकेकी छैनन् ।त्यसो त उनले मुम्बइ पुगेर बलिउडका चर्चित कलाकार अनुप खेरको स्टूडियोबाट अभिनयको ३ महिने कोर्स पनि पुरा गरिन् । अनुपम खेरसँग अभिनय सिकेपछि करिअरमा नै उतारचढाव आउने सोच उनको थियो । तर, नेपाल आएको केही महिना भैसक्दा पनि उनको करिअरमा कुनै गती आएको छैन ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …