Tuesday , January 23 2018

स्वर्ग मेरो गाउँको ‘ऎसेलुको झ्याङ’मा ३ जना संग रोमान्स गर्दै नरेन

फिल्म स्वर्ग मेरो गाउको पहिलो गीत सार्वजनिक गरिएको छ । केही दिन अघि मात्र प्रदर्शन मिति तय गरेको फिल्म ‘ऐसेलुको झ्याङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । डान्सिङ नम्बर गीतमा नायक नरेन खड्काले ३ नायिका भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, संग मज्जाले  कम्मर मार्काएका छन ।रामचन्द्र काफ्ले र मीना निरौलले गएको गीतलाइ बिनोद ढकालले लेखेका हुन भने बिकास चौधरिले संगीत भरेका छन ।

नरेन खड्का को मुख्य भुमिका रहेको फिल्म ‘स्वर्ग मेरो गाउँ’ यहि माघ १२ गते सार्वजनिक हुने छ। गोविन्द राइले कोरियोग्राफ गरेको भिडियो यस्तो छ।हमेशा, मन्दिरा, परदेशी जस्ता फिल्ममा अभिनय गरिसकेका नरेन संगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।फिल्मलाई रामकृष्ण बजगाइँले निर्माण तथा निर्देशन गरेका हुन् । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको हो।पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …