Tuesday , November 21 2017

चलचित्र ‘दि कर्मा’को थिम पोष्टर

चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र घोषणा गरिएको हो । नेपाल भारतको सिमा आसपासमा पर्ने नेपाली तराई भेगको घटनाको बिषयमा चलचित्र बन्न लागेको हो । चलचित्र विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् ।


चलचित्रमा मुम्बईका कलाकार दीपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलिउड तथा दक्षिण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दीपकले ‘लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ लगायतका टलिउड चलचित्र तथा केही मराठी चलचित्रमा अभिनय गरेका छन् ।भदौ महिनामा मुर्हुत गर्ने तयारी रहेको चलचित्रमा करण आहुजा, क्षितिजा शाक्य लगायतको अभिनय रहनेछ ।


जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …