Tuesday , January 23 2018

‘टाईगर जिन्दा है’ को तीन दिने कलेक्सन कति

यसराज ब्यानरको हालसम्मकै महङगो फिल्म ‘टाईगर जिन्दा है’
बलिउड नायक सलमान खान र कैटरिना कैफको धमाकेदार अभिनय रहेको फिलम ‘टाईगर जिन्दा है’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । बलिउडमा पनि मिश्रित प्रतिक्रिया पाईरहेको यस फिल्मले मात्र ३ दिनमा १०० करोड कलेक्सन गर्न सफल भएको छ ।यसराज व्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ११० .७५ करोड कलेक्सन गर्न सफल भएको हो । क्रिसमसको अवसर रहेकोले यस फिल्मले १५० देखि १८० करोड सम्म सजिलै कमाउन सक्ने अनुमान गरिएको छ ।

बलिउडका टे«ड एनालिस्टहरुका अनुसार यो फिल्मले २०० करोड सजिलै कमाउन सक्ने दाबी गरेका छन् । अलि अब्बासले निर्देशन गरेको यो फिल्म सन २०१२ आएको सुपरहिट फिल्म ‘एक था टाईगर’ को सिक्वेल फिल्मको रुपमा दर्शकमाझ आएको हो ।यो फिल्मले लगातार सफलताको झण्डा गाडिरहेको हुनाले सलमानको करियरलाई राहत मिल्ने संकेत छ । यस अघि उनको फिल्म ट्युवलाईट फ्लप भएको कारण पनि यो फिल्म हिट हुनु आवश्यक छ भने कैटरिनाको लागि पनि यो फिल्म हिट हुनु आवश्यक छ ।किनकी पछिल्लो समय उनका तीन फिल्म लगातार असफल भएका थिए । स्मरण रहोस यसराज ब्यानरकै लागि ‘टाईगर जिन्दा है’  हालसम्मकै महङगो फिल्म हो ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …