Wednesday , September 20 2017

गर्लफ्रेन्ड दिशाको साथमा यो फिल्ममा डबल रोलमा देखिन सक्छन् टाईगर

टाईगर श्राफ यतिबेला आफ्नो फिल्म ‘बाघी २’ को तयारीमा ब्यस्त छन् । तर उनदे हालै ट्वीटरमा जुन भिडियो सेयर गरेका छन् जसको कारण यतिबेला उनको चर्चा चल्न सुरु भएको छ । बाहिरको हल्ला सुन्ने हो भने टाईगर फिल्ममा डबल रोलमा देखिने छन् । खासमा भिडियोमा टाईगर डबल रोलमा देखिएका छन् ।

फिल्मको सुटिङ गत महिनाबाट सुरु भईसकेको छ । फिल्ममा उनको गर्लफ्रेन्ड दिशा पटानी उनको अपोजिट रोलमा देखिदैँ छन् । फिल्ममा दिशाको रोल गर्न श्रद्धा एकदमै उत्सुक भएको मिडियाहरुको दावी छ । फिल्म ‘बाघी’ टाईगरको साथमा श्रद्धाले काम गरेकी थिईन् । तर फिल्म मेकरहरुले दिशा पटानीलाई फाईनल गरिसकेका छन् । फिल्मको लागि दिशाले एक डान्स सिक्वेन्स समेत सुट गरिसकेकी छिन् । सुटिङको समयमा उनलाई चोट लागेको थियो ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …