Tuesday , December 12 2017

गायन प्रतिभाहरुको खोजी एस.पि.आर. सीङ्गिङ आईकनमा

गितसंगितको प्रबद्र्धन र नवगायकहरुको खोजी गर्ने उदेश्यले काभ्रे जिल्लामा एस.पि.आर सीङ्गिङ आईकन भएको छ । एस.पि.आर क्रियसन डट कम काभ्रे को आयोजना यही श्रावण २७ गते देखी एस पि आर सीङ्गिङ आईकन  भएको हो ।एस पि आर क्रियसन डट कमले प्रतिभाको खोजीका बारेमा जानकारी दिएको हो । गितसंगितको बिकास एवं प्रबद्र्धन, गायन बिधाका नव प्रतिभाको खोजी, उनिहरुको उजागर, गितसंगितको माध्यमबाट सृजनात्मक कार्यमा उत्प्रेरीत गर्ने उदेश्ष्यले एस.पि.आर सीङ्गिङ आईकनको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।श्रावण २७ गते पहिलो  अडिसन सुरु भएको र  मेघा अडिसन , पियानो राउण्ड , ट्याक्क राउण्ड, सेमी फाइनल र फाइनल गरि ६ वटा राउण्ड सम्म चल्नेछ . उक्त कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुलाई समेत काभ्रे जिल्लामा उपस्थित गराई  प्रतियोगितामा सहभागी नवप्रतिभावान कलाकारहरु संगै सहकार्य  गराई हौसला प्रदान हुने आयोजकले जानकारी दिएको छ ।

यो कार्यक्रममा नेपाल अधिराज्यभारिकाले सहभागिता जनाउन सकिने तर काभ्रे जिल्लामा मात्र यस कार्यक्रमको अडिसन हुने भएको छ। कार्यक्रममा ५०० देखि ७०० सम्म को संख्या सहभागी हुने आयोजक ले अनुमान गरेको छ । एस पि आर क्रियसन डट कम का प्रबन्ध निर्देशक जिबन खड्का को सयोजकत्व मा हुने कार्यक्रम मा वरिष्ठ संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठ , गायिका प्राश्ना पाण्डे ,  रचनाकार विनोद वंजारा  लगायतका कलाकारहरुको सहभागिता रहेको छ | साथमा सेलिव्रेटीहरू निर्मात्री तथा नायिका शुभेच्छा थापा, मोडल उषा लिङ्देल लिम्बु को सहभागिता रहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …