Tuesday , December 12 2017

“दुई रुपैयाँ”को गीतमा लाउरे र एड्रे

२३ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘दुई रुपैयाँ’को ओएसटी सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर छ ।रोहित शाक्यको शब्द संगीत रहेको गीतको भिडियोमा भने लाउरे, एड्रेसँगै चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहसमेत देखिएका छन् ।

चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत अहिले चर्चा छ । यो गीत युट्युवमा हेर्ने दर्शक २ करोड पुग्न लागि सकेको छ । चलचित्रको ट्रेलर ‘टल्क्यो जावनी’ बोलको गीतले पनि अहिले चर्चा पाइरहेको छ ।एजि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.लीले निर्माण गरेको यो चलचित्रमा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान लगायतको अभिनय रहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …