Wednesday , September 20 2017

यस्तो छ दुनियाँलाई हँसाउने चार्लीको जीवन कथा

फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो । धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् । चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो । उनको बाल्यकाल निकै गरिबी र अभावले भरिएको थियो । जँड्याहा बुवाका कारण चार्लीकी आमा पागल बनेकी थिइन् । जसका कारण चार्ली सात वर्षको उमेरमा आश्रम जानु परेको थियो ।
 १९४० मा चार्ली चाप्लिनले हिटलरमाथि ‘द ग्रेट डिटेक्टर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गरेर उनको मजाक उडाएका थिए ।
चार्ली चाप्लिनलाई १९७३ मा ‘लाइम–लाइट’ मा बेस्ट म्युजिकका लागि ओस्कार अवार्ड प्राप्त भएको थियो । यो फिल्म २१ वर्ष पहिले बनेको थियो । तर, यसको प्रदर्शन लस एन्जल्समा सन् १९७२ मा भएको थियो । प्रदर्शनपछि मात्रै यो फिल्म नोमिनेशनमा परेको थियो ।सन् १९७५ मा महारानी एलिजाबेथ द्वीतियले चार्ली चाप्लिनलाई नाइट अवार्ड दिएकी थिइन् । चार्ली चाप्लिनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिशमसको दिन भएको थियो । चाप्लिनको शव दाहसंस्कार गरेर गाडिएको ठाउँबाट एक महिनापछि चोरी भएको थियो । उनको परिवारसँग पैसा असुल्न चोरहरुले उनको शव निकालेका थिए ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …