Tuesday , October 24 2017

यी हुन् साउथ इंडियाका सबैभन्दा महंगो भिलेन

साउथ इंडियन फिल्मका भिलने सुदीपले केहिदिन अघि आफ्नो जन्मदिन मनाएका छन् । सुदीपलाई हिरोको भन्दा भिलनेको भुमिकामा धेरै अफरहरु आउने गर्छ । उनी साउथ इंडियन भिलेनहरुमध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने भिलनेको रुपमा अगाडी आएका छन् । उनले एउटा फिल्मको लागि ६ करोड रुपैँया लिन गर्छन् । हालै उनले एक फिल्मको लागि ६ करोड रुपैँया लिएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ । जबकी भारतीय चर्चित भिलने प्रकाश राज समेत एउटा फिल्मको लागि २ करोड रुपैँया लिने गर्छन् ।

साउथ इंडियन फिल्म ‘ईगा’मा काम गरिसकेको सुदीप सलमानको पछिल्लो फिल्म ‘टाईगर जिन्दा है’ मा देखिने भएका छन् । यो फिल्ममा सुदीप पाकिस्तानी दलालहरुको समुहको जहिरको भुमिकामा देखिदैँ छन् । रिपोर्टहरुको अनुसार फिल्ममा सलमान र सुदीपको एकदमै धेरै एक्सन सिनहरु छन् । स्मरण रहोस् केहि समय पहिला उनलाई एक तामिल फिल्मका काम गर्नको लागि ६ करोड रुपैँया अफर गरिएको थियो । सिम्बुदेवनले निर्देशन गर्ने यो फिल्ममा नायक विजय पनि देखिनेछन् । रिपोर्टहरुको अनुसार यो अनटाईटल फिल्ममा पहिलाकी चर्चित नायिक श्रीदेवी पनि हुनसक्नेछिन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …